Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित देशभरका एक हजार ७०० भन्दा बढी विकास आयोजनालाई सूक्ष्म निगरानी राखेको छ।

अख्तियारले विकास आयोजनमा गम्भीर लापरवाही र अनियमितासमेत भएको हुन सक्ने भन्दै समयमा नै नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। निगरानीमा रहेका अधिकांश विकास आयोजनाको अवस्था भयावह र भद्रगोल रहेको ठहरसमेत अख्तियारले गरेको छ।

अख्तियारको विश्लेषण टोलीले विकास आयोजनाको ठेक्का लिएका काम नै नगरी अर्बौं रुपैयाँ मोबिलाइजेसन पेस्कीको नामा बुझेर दुरुपयोग गरेको निष्कर्ष समेत निकालेको छ।