Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । चालु आर्थिक वर्षदेखि पुस मसान्तसम्म खाडीलगायत देशका विभिन्न मुलुकमा वैदेशिक रोजगारीको लागि जाने नेपालीको संख्या ९९ हजार ३ सय ७७ जना पुगेका छन् ।

सरकारले विभिन्न स्वरोजगार कार्यक्रम ल्याएर युवावर्गलाइ विदेश पलायन हुनबाट रोक्ने भनिएता पनि दैनिक वैदेशिक रोजगारको लागि जानेको संख्या १२ सय रहेको रोजगार विभागको तत्थ्याङ्कले देखाएको छ ।

पुस महिनामा बैदेशिक रोजगारको लागि बाहिर जानेको संख्या १७ हजार ८ सय ३० तीस जना रहेका छन् । त्यसमा पुरुषको संख्या १६ हजार ३ तिन सय १७ सत्र र महिलाको संख्या १ हजार ५ सय १३ रहेको छ । पुस महिनामा श्रम स्वकृत लिएर स्वरोजगारको लागि बाहिर जाने संख्या धेरै देखिन्छ ।

मंसिर महिनामा विदेश जाने पुरुष १५ हजार ९ सय ४० जना र महिला १४ सय ३१ जना रहेका छन् । मंसिर महिनामा श्रम स्वकृत लिएर स्वरोजगारको लागि कतार जानेको संख्या धेरै देखिन्छ । कतार जानेमा पुरुष ६ हजार ३ सय ५७ जना र महिला ४ सय ३ जना रहेका छन् ।

कार्तिक महिनामा वैदेशिक रोजगारको लागि जाने नेपालीको संख्या १२ हजार ४ सय ४२ जना गएका छन् । यसमा पनि महिलाको भन्दा पुरुषकै संख्या बढेको देखिन्छ । पुरुष ११०११ र महिला १४३१ रहेका छन् ।

गरिबीको बाबजुत आफ्नो आर्थिक आबश्यकता पुरा गर्न श्रम स्वकृति लिएर भदौ महिनामा खाडिमुलुक तर्फ जाने नेपालीको संख्या १५ हजार ८ सय २९ रहेको छ । भने असोजमा १७ हजार ७ सय ७७ जना वैदेशिक रोजगारको लागि गएका छन । असोजमा पुरुष १६ हजार २ सय ६८ र महिला १ हजार ५ सय ९ जनाले श्रम स्कृति लिएका छन् ।

वैदेशिक रोजगारको लागि साउन महिनामा पुरुषको संख्या १७०३९ र महिलाको संख्या १५२० रहेका छ भने साउनमा जम्मा १८५५९ व्यतmी विदेशिएका छन् ।

साउन देखियता वैदेशिक रोजगार बिभाग बुद्धनगर बाट मात्रै बाहिर जाने नेपालीको संख्या ९९ हजार ३ सय ७७ जना रहेको छ । त्यसमा महिला ६ हजार ६ सय ९५ र पुरुष ७४ हजार ८ सय ५२ जना बैदेशिक रोजगारको लागि बाहिरीएका छन् ।

मंसिर महिनामा भन्दा पुस महिनामा वैदेशिक रोजगारमा जानेको संख्या बढेको बैदेशिक रोजगार विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष लागेसंगै श्रम स्वकृत लिएर वैदेशिक रोजगारको लागि कतार जाने नेपालीको संख्या ३१ हजार ७ सय ७१ जना रहेको छ । अहिलेको तथ्याङ्कक हेर्दा वैदेशिक रोजगारको लागि नेपालीको रोजाइमा कतार परेको छ ।

बैदेशिक रोजगारीको लागि मलेसिया जान रोक लगाए पछि कतार नै नेपालीको रोजाइमा परेको विभागले जनाएको छ ।

बैदेशिक रोजगारीसँगै उजुरी बढ्दो

सुनौलो भविष्य बनाउने आशा बोकेर जति नेपाली बैदेशिक रोजगारको लागि गएका हुन्छन त्यती नै निरास भएर फर्किएका छन् । बैदेशिक रोजगारमा गएका व्यक्तिहरुको ठगी गुनासो साउन देखि यता व्यक्तिगत ३ सय २१ वटा आएको छ ।

मंसिर महिनामा मात्र ४३ जनाको ठगी गुनासो आएको छ । त्यस मध्य ४२ वटा समाधान भएको र बाँकीकोे प्रक्रिया चलिरहेको वैदेशिक रोजगार विभागका सुचना अधिकारी भोला गुरागाइले बताए । त्यस्तै संस्थागत ठगी गुनासोमा ४ सय ३४ वटा आएकोमा २ सय १२ वटा समाधान भएको र अरु प्रक्रियामा रहेको छ ।

विदेशिएका युवायुवतीहरुले विषेश गुनासो गर्ने भनेका सम्झौता गरे अनुसारकोे काम नभएको र तोकेको जति तलब (पैसा) नभएकाले बढि गुनोसो गर्ने गरेका छन् ।