Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)क अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको व्यक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ।

सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको भन्दै अमेरिकी दूतावासले धारणा प्रष्ट पार्न आग्रह गरेको छ।

‘सरकारका धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाउका छौं,’ अमेरिकी दूतावासका एक अधिकारीले भने। प्रचण्डले गत शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिकी र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए।