Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । प्रदेश २ सरकारले प्रदेशका जिल्लामा क्यान्सर अस्पताल खोल्ने तयारी गरेको छ । त्यसका लागि सरकारले सम्भाव्यता अध्ययन शुरु गरेको छ ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा राजविराजस्थित जिल्ला समन्वय समितिमा सरोकारवालाहरुसँग सम्भाव्यताबारे छलफल भएको हो ।

प्रदेश सरकारद्वारा डा. लक्ष्मीनारायण सिहंको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले प्रदेश २ का आठ वटै जिल्लामा अस्पताल निर्माणका लागि अध्ययन कार्यलाई अघि बढाएको छ ।