Spread the love
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

मेलम्ची । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले ग्रेडमा उच्चतम अङ्क ल्याएर उत्तीर्ण हुनेलाई मात्र शिक्षक बनाइने बताएका छन् ।

हेलम्बु गाउँपालिका–३ ककनीस्थित पाल्चोक माध्यमिक विद्यालयको ३ ०औँ वार्षिकोत्सव तथा १७ औँ अभिभाबक दिवस र भवन शिलान्यास कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकार लागिपरेको जानकारी गराए ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख गौरीशङ्कर पाण्डेले किताबी ज्ञानसँगै विद्यार्थीलाई वातावरण संरक्षण र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिँदै दुई वर्षभित्र विद्यालय पुनर्निमार्ण गरिसक्ने लक्ष्य लिइएकाले काममा तीव्रता दिन आग्रह गरे ।