• 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सरकार र प्रतिपक्षबीच आरोप प्रत्यारोप भइरहेका बेला प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । प्रतिपक्षले गरेको निर्णयको भोलिपल्ट प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको लागि आन्दोलन छोडेर सरकारलाई सहयोग गर्न सभापति देउवालाई आग्रह गर्नुभएको प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । प्रधानमन्त्रीले देउवासँगको भेटमा स्ववियु निर्वाचनबारे पनि छलफल गर्नुभएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । तर प्रधानमन्त्री ओलीले सभापति देउवालाई सरकारप्रति सशंकित नहुन आग्रह गर्नुभएको थियो ।