Spread the love
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

अमेरिकामा अझै पनि हिमपात जारी छ । पोलर भोर्टेक्स (चिसो हावा)का कारण शुक्रबार पनि केही इलाकामा तापक्रममा भारी गिरावट देखियो ।

चिसोका कारण विभिन्न इलाकामा अहिलेसम्म २९ को मृत्यु भइसकेको छ । मौसम विभागका अनुसार यहाँ चाडै नै मौसममा निकै परिवर्तन आउने सम्भावना छ ।

केही हप्तापछि नै तापक्रम निकै वृद्धि हुने मौसम विभागले अनुमान गरेको छ । केही इलाकामा तापक्रम २६ डिग्रीसम्म पुग्न सक्छ । त्यसकारण यहाँ बाढीको पनि सम्भावना छ ।शिकागोमा शनिबारको तापक्रममा निकै परिवर्तन देखियो । शनिबारको तापक्रम माइनस ३० डिग्रीबाट माइनस ५ मा पुगेको छ ।