दिपेश गर्तौला
कुशल मोडल तथा निर्देशकका रुपमा चिनिएका अनुप चन्द ठकुरीले वैदेशिक रोजगारी सम्बन्धी जनचेतनामूलक सर्ट मुभि “संगत”को छायाँकन प्रारम्भ भएको चार दिन अर्थात माघ १८ गते सम्पन्न गरेका छन् । यो सर्ट मुभिमा अनुपले दोहोरो चरित्र निर्भाह गरेका छन् ।

बृद्ध तथा साहुको दोहोरो भूमिकामा देखिन लागेका ठकुरीले टुंगुनसँग भने “दोहोरो भूमिका अझ त्यसमाथि २९ वर्षको युवकले बृद्धको सुहाउँदो भूमिका निर्वाह गरेर कथा वस्तुलाई जीवन्त बनाउन त्यति सहज त थिएन तर आफैँ निर्देशक भएकाले काम गर्न भने त्यति कठिन भएन ।” ठकुरीले म्युजिक भिडियोमा अभिनयले मात्रै हुने तर सर्ट मुभिमा डाइलग बोल्नुपर्दा केही बढी ध्यान दिनुपरेको अनुभव सुनाए ।

कैलालीको हाडखोली स्याउले धनगढी लगायतका अन्य स्थानमा छायाँकन गरिएको सर्ट मुभिमा अनुपका अलावा प्रेम बोहोरा, गणेश कार्की, पुनम महता, अन्ना चौधरी, नर्मा विष्ट, सरोज ठगुन्ना, दिपिन साउद, सृष्टि विष्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

८ देखि १२ मिनेटसम्मको हुने बताइएको छ । सुप इन्टरटेन्टमेन्ट प्रा.लिको प्रस्तुति रहेको उक्त सर्टमुभिका छायाँकार दिपेश ठेकरे, मेकअप नरेन्द्र एसके, हुन् भने लेखक स्वयम् ठकुरी नै हुन् । १ महिना भित्र युट्युव मार्फत सार्वजनिक गरिने बताईएको उक्त म्युजिक भिडियोलाई दर्शकले रुचाउने निर्माण पक्षको आशा रहेको छ ।