Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मुलुक पुर्‍याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ ।

समाचारको अनुसार भारतलगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइ दिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार र्पुयाउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पुर्‍याउने वेश्यावृत्तिलगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरेको पाइएको छ ।

महिला बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले म्यानमार हुँदै नेपाली युवतीलाई तेस्रो मुलुक पु¥याउने रहस्य पत्ता लगाएको दाबी गरेको छ ।

काठमाडौं विमानस्थलमा नेपाली महिलालाई तेस्रो मुलुक जानमा कडाई गरेपछि दलालले पूर्वोत्तर भारतको नाका प्रयोग गरेर म्यानमार पुर्‍याउने र त्यहाँको यांगुन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली युवतीलाई अन्य मुलुक पुर्‍याउने गरेको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिए ।