Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सरकारले समायोेजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजन पत्र दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जाने समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए ।

उपसचिवले आफ्नो समायोजनपत्र आफै प्रिन्ट गर्नसक्ने व्यवस्सथा मिलाइएको छ । उनका अनुसार आइतबार करिब २ हजार जनाले अनलाइनबाट आफ्नो समाायोजनपत्र प्रिन्ट गर्न सक्नेछन् ।