Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

बर्दिया । गुलरिया नगरपालिकामा माझी समुदायलाई सामूहिक निर्माण गरिएको छ । बस्ती खोला र नदी किनारमा छाप्रो बनाएर बसेर माछा मार्दै वडा नम्बर १० मा मल्लाहा जातिका लागि सामूहिक नमूना बस्ती निर्माण गरिएको हो ।

कारितास नेपालले नगरपालिकासँगको सहकार्यमा बाढी र भूकम्पप्रतिरोधी १ सय ३ नयाँ घर निर्माण गरेको हो । चार कोठासहित बनाइएका घरमा दुईसुत्ने कोठा, भान्सा र शौचालय छन् । बाढीबाट हुने जोखिम कम गर्न न्यून लागतमा घरको निर्माण गरिएको कारितासका क्षेत्रीय प्रमुख जनक शर्माले बताए ।

बस्तीमा पानी, बिजुली बत्ती र सडकसहित सुविधाका लागि गुलरिया नगरपालिकाले प्रबन्ध मिलाउँदैछ । प्रतिघर तीन लाख रुपैयाँको लागतमा निर्माण गरिएका छन् । वर्सेनी बबई नदीमा आउने बाढीले समस्यामा पर्ने मल्लाहा जातिका अधिकाँश परिवार नयाँ घरमा सरिसकेका छन् । कारितासले चाँडै घर हस्तान्तरणको तयारी गरेको छ ।

घरविहीन मल्लाहा परिवार बलियो छतमुनि बस्न पाउने भएकामा खुसी बनेकाे वडा नम्बर १० का अध्यक्ष वीरेन्द्र चौधरीले बताए । मल्लाहा जातिलाई आत्मनिर्भर बनाउन नगरपालिकाले पहल गर्ने उहाँले जानकारी दिए ।