Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइका सम्बन्धमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला सरकारले पहिलो पटक नयाँ उचाइ मापन गर्ने भएको छ ।

भूकम्पका कारण उचाइ घटबढ भएको हुनसक्ने अनुमान गर्दै सरकारले मापन गर्न लागेको हो । नापी विभागको सक्रियतामा २०७४ फागुनदेखि मापन शुरु गरिएको भएपनि नयाँ उचाइ एक वर्षपछि मात्रै निर्क्यौल हुनेछ । यो वर्ष आवश्यक ५४ वटा बिन्दुमा मोनोमेन्टेसनको काम सकिएको विभागले जनाएको छ ।

सरकारले सन् १९५४ मा भारतीय नापी टोलीलाई स्वीकृति दिएर सगरमाथाको उचाइ मापन गरेको थियो । सो टोलीले मापन गरेको ८८४८ मिटर उचाइ नै हालसम्म आधिकारिक मानिएको छ ।