काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीको कर्जाको अनुपात (सिसिडी रेसियो) तोकिएको सिमानजिक पुगेको छ। अहिले सरदर सिसिडी रेसियो ७७.२ प्रतिशतको हाराहारीमा रहेको केन्द्रीय बैंकको तथ्यांक रहेको छ।

दर्जनभन्दा बढी बैंकको सिसिडी रेसियो ७९ प्रतिशत पुगेको छ। यता व्याजदर उच्च भएको भन्दै उद्योगी प्यसायीले आन्दोलन थालेका छन्। उनीहरूले व्याजदर नियन्त्रण नगरेको भन्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन्। व्यवसायीले उद्योग क्षेत्रमा ७ र व्यापारमा ९ प्रतिशत भन्दा बढी व्याजदर नलिन माग गरेका छन्।