• 1
    Share

काठमाडौं । करिब दुई वर्षको अभ्यासलाई समीक्षा गर्दै सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न गृहकार्य अघि बढाएको छ। स्थानीय तहलाई थप जिम्मेवार, उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ जनप्रतिनिधिलाई अंकुश लगाउने गरी ऐन संशोधन गर्न लागिएको छ।

संविधानले धेरै अधिकार दिएको भन्दै केही जनप्रतिनिधि स्वेच्छाचारी तवरले चलेको निष्कर्ष निकाल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधन तयारी अघि बढाएको छ। ऐन संशोधनका लाग मन्त्रिपरिषदले मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिइसकेको छ।