Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । भेनेजुयलामा विकसित राजनीतिक अवस्थाप्रति चासो राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अमेरिकाको समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारले निकालेको वक्तव्यको आलोचना गरेको छ ।

नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरीत रहेको पनि नेपाली कांग्रेसले जनाएको छ । सरकार र सत्तासिन दलले भेनेजुयलाको पक्षमा गरेको समर्थनप्रति काग्रेसले असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन रहेको भन्दै आपत्ति आपत्ति जनाएको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवाको अध्यक्षतामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको बताउँदै सरकारले कुनै सम्बन्ध नरहेको भेनेजुयलाको पक्षपोषण गर्नु गलत भएको ठहर गरेको हो ।

‘नेपालको विकासका लागि झन्डै ६५ वर्षभन्दा समयदेखि लगातार आर्थिक सहयोग पु¥याउँदै आएको एक पुरानो र भरपर्दो मित्र संयुक्त राज्य अमेरिकाले आज पनि हाम्रो मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माण क्षेत्रमा अत्यन्त उल्लेखनीय सहयोग पु¥याइरहेको छ’ –कांग्रेसले भनेको छ । अमेरिकाद्वारा मिलेनीय च्यालेन्ज कर्पोरेसन अनुदानमार्फत भौतिक पूर्वाधार विशेषत विद्युत् लाईन निर्माणका लागि निकै नै ठूलो सहयोग राशी नेपाललाई प्राप्त भएको कांग्रेसले जनाएको छ ।

आगामी दिनमा पनि नेपालको आर्थिक विकास, त्यसका लागि आवश्यक आर्थिक र कुटनीतिक सहयोगको क्षेत्रमा संयुक्त राज्य अमेरिकाको सकारात्मक भूमिका महत्वपूर्ण रहने भन्दै कांग्रेसको विश्वास छ । कांग्रेसले भनेको छ– ‘नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरीत छ । ’

कांग्रेस संसदीय दलको बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेशअनुरुप नै वर्तमान सरकारले डा। गोविन्द केसीसँग सम्झौता गरेकोमा पछि तोडमोड गरी अध्यादेश र सम्झौताविपरीत जबरजस्ती संसद्बाट पास गरेको विधेयकलाई अध्यादेश एवं सम्झौताबमोजिम सच्चाउनका लागि नेपाली कांग्रेस निरन्तर लागि रहने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभएको छ ।