Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सर्वाेच्च अदालतमा २०७५ माघ २१ गते भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रा.लि.ले आन्तरिक राजश्व विभागविरुद्ध मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर (आम्दानी रकम) का ७ मुद्दा दिएकोमा कुनै फैसला हुन सकेको छैन । माघ २१ गते यी सबै मुद्दा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश सपना प्रधान मल्लको पूर्ण इजलासमा पेशी चढेका थिए ।

भाटभटेनी डिपार्टमेन्टल स्टोर्सले मूल्य अभिवृद्धि करका ३ र आयकर सम्बन्धी ४ मुद्दाविरुध्द दिएको हो । आर्थिक वर्ष २०६५/०६६ मा मूल्य अभिवृद्धि कर छलेको भन्दै आन्तरिक राजश्व विभागका महानिर्देशक समेत ३ का विरुद्ध भाटभटेनीले २०७४ भदौ २३ गते मुद्दा दर्ता गरेको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०६७ /०६८ मा मूल्य अभिवृद्धि कर छलेको विषयमा आन्तरिक राजश्व विभागकाविरुध्द महानिर्देशक समेत ३ लाई भाटभटेनीले २०७४ भदौ २३ गते मुद्दा दर्ता गरेको थियो । आर्थिक वर्ष २०६४ देखि ०६७ को अवधिमा मूल्य अभिवृद्धि कर छलेको ठहर गर्दै आन्तरिक राजश्व विभागले भाटभटेनीविरुद्ध गरेको निर्णय चित्त नबुझि २०७४ भदौ २३ गते भाटभटेनीले मुद्दा दर्ता गरेको हो।

आर्थिक वर्ष २०६७/०६८ मा आन्तरिक राजश्व विभागले भाटभटेनीविरुद्ध गरेको आयकर सम्बन्धी निर्णयविरुद्ध भाटभटेनी आन्तरिक राजश्व विभाग र महानिर्देशक समेत ३ समेतलाई भाटभटेनीले २०७४ भदौ २५ गते आयकर सम्बन्धी मुद्दा दर्ता गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०६५/०६६ मा ठूला करदाता कार्यालय हरिहर भवन समेत ३ काविरुद्ध भाटभटेनीले २०६७ भदौ २५ गते आयकर सम्बन्धी मुद्दा दर्ता गरेका थियो ।

यसरी नै आर्थिक वर्ष २०६४/०६५ मा ठूला करदाता कार्यालय हरिहर भवनविरुध्द भाटभटेनीले २०७४ भदौ २५ मा आयकर सम्बन्धी मुद्दा दर्ता गरेको थियो । आर्थिक वर्ष २०६६/०६७ मा आन्तरिक राजश्व विभागका र त्यसका महानिर्देशक समेत ३ विरुद्ध भाटभटेनीले २०७४ पुष ३ गते आयकर सम्बन्धी मुद्दा दर्ता गरेको थियो । भाटभटेनीका यी सातवटै भ्याट, अाय कर छलीका मुद्दाकाे फैसला कसरी हाेला भन्ने जिज्ञासा सर्वत्र उत्पन्न भएकाे छ ।

स्रोतका अनुसार, भाटभटेनीका साहु मिनवहादुर गुरूङले करौंडो कराेडकाे राजश्व छल्दै अाएकाे आरोप लामाे समयदेखि लाग्छदै अाएकाे छ । देशका विभिन्न सहरमा भाटभटेनीले आफ्नो शाखा खोल्दै अर्बाैं रकमको कारोबार गर्दै आइरहेको छ । २०७५ माघ २१ गते भाटभटेनीको मुद्दामाथि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश सपना प्रधान मल्लको पूर्ण इजलासले सबै मुद्दाका मिसिल साथै राख्ने अादेश गरेकाे छ ।