Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । सरकारले स्वदेशी औषधिको उत्पादनलाई उच्‍च प्राथमिकतामा राख्दै आएको दाबी गरे पनि औषधि खरिदमा दैनिक सात करोड रुपैयाँ विदेशिने गरेको छ।

आत्मनिर्भर बन्ने सरकारी योजना भए पनि बाहिरबाट औषधि खरिद गर्नु पर्ने बाध्यता छ। भन्सार विभागका अनुसार भारत, बंगलादेश, चीन, बेल्जियम लगायतका ५० भन्दा बढी देशबाट औषधि आयत भएको छ।

नेपालमा उत्पादन भएको औषधि भने दैनिक ५ करोड ५० लाख रफेयाँ बराबरको थोक मूल्यमा खपत हुन्छ।