Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

एजेन्सी । साइबर सेक्योरिटी सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनी पालो अल्टोले एक मालवेयर अर्थात् भाइरस पत्ता लगाएको छ ।

उक्त भाइरसले गुगल क्रोम ब्राउजरमा सेभ गरिएका युजरनेम तथा पसवर्डका साथै क्रोममा सेभ गरिएका क्रेडिट कार्ड सम्बन्धी जानकारीहरु ह्याक गर्ने गरेको थियो । साथै म्याकमा ब्याकअप राखिएका आइफोनका टेक्स्ट पनि सो मालवेयरले चोरी गर्नसक्ने बताइएको छ ।

कुकीमाइनर नामको मालवेयरले क्रोम ब्राउजरमा सेभ गरिएका क्रिप्टोकरेन्सी कारोबार तथा वालेट सर्भिस वेबसाइटका पासवर्डहरु चोरी गर्न सक्दछ । क्रोममा सेभ गरिएका पासवर्ड तथा म्याकमा आइट्युन्समा ब्याकअप लिँदा आइफोनका टेक्स्ट मेसेज पनि चोर्दछ ।