Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडाैं । हुम्ला जिल्लामा रहेको हाल्जी गाउँ उच्च हिमाली क्षेत्रमा पर्दछ । ढुंगा र माटोबाट बनेको यस गाउँमा जम्मा २० वटा मात्रै घर छन् । त्यहाँको जनसंख्याको बारेमा यकिन भन्न सकिँदैन । हाल्जीको उक्त गाउँ पुग्न निकै कठिन छ । त्यसका लागि की त ठाडो उकालो चढ्नुपर्छ या त बायाँ क्षेत्र हुँदै बगिरहेको हिमनदी पार गर्नुपर्छ । त्यो त्यति सहज छैन ।

उसै त हुम्ला त्यसमा हाल्जी गाउँपालिका अहिले पनि अति पिक्षडिएको क्षेत्रमा पर्दछ । त्यस क्षेत्रलाई वर्षको ६ महिनासम्म हिउँले टम्म ढाकेको हुन्छ भने ६ महिना हिउँ पग्लिने गर्दछ । जाडो समयका ६ महिनासम्म यहाँका सबैै टेलिफोन सेवा अवरुद्ध हुन्छन् । त्यस समयमा गाउँका सबै वासिन्दा सञ्चारबाट बेखबर जस्तै बन्छन् ।

काठमाडाैं र नेपालगञ्जबाट हवाइ जहाजमा महंगो भाडा तिरेर जिल्ला सदरमुकाम सिमिकोटसम्म पुग्न सकिन्छ । सिमिकोटबाट हाल्जी पुग्न भने करिब ६ दिनको पैदल यात्रामा पुगीन्छ । तर, शताब्दी पहिले लिमि उपत्यकाका तिन वटा गाउँ हाल्जी, तिल र जंग छिमेकी तिब्बतसँग व्यापार गर्ने केन्द्रीय नाकाका रूपमा थिए भने पवित्र हिमालय पर्वत कैलाश मानसरोवर ताल यसका मुख्य क्षेत्र थिए । मानसरोवर धार्मिक र पर्यटकीय रूपमा अत्यन्तै महत्वपूर्ण स्थान हो ।

चीनको तीब्बत र सुदुरपश्चिममाञ्चल क्षेत्रको सिमासँग जोडिएको लिमी उपत्यकाको आफ्नै ऐतिहासिक महत्व छ । प्राचिन समयमा तिब्बतसँग नेपालको सम्बन्ध सुमधुर रहेको वेला यहाँ तिब्बतियन र बौद्धिस्ट संस्कृति निकै फस्टाएको इतिहास छ ।

लिमी उपत्यकाको मुख्य भागमा एक हजार वर्ष पुरानो धार्मिक क्षेत्र रिन्चेङलिङ बिहार रहेको छ । उपत्यकाका ठूला मुख्य दुई क्षेत्र हाल्जी र रिन्चेङलिङ विहार यतिवेला तीव्र रूपमा भइरहेको मौसम परिवर्तनले गर्दा अति जोखिममा परेका छन् ।

यस बारेमा पुरातत्वविद् तथा प्रदेशसभा सदस्य शेवाङ लामाले भने, ‘पश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित रिन्चेङलिङ सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विहार हो ।’ उनले इतिहास खोतल्दै भने, ‘दोस्रो पुर्नक्रान्ति ताका गुजेका राजाले भारतको काश्मिरबाट करिब २१ जना विद्यार्थीलाई बुद्धिज्म पाठ अनुवाद गर्न पठाएका थिए । २१ मध्येजम्मा दुई मात्र फिर्ता भए । दुई जनामध्ये रिन्च ज्याङवो (९८५– १०५५) चर्चित अनुवादक बन्न सफल बने । रिन्चले आफ्नो जिवनभर १०८ विहार निर्माण गरेका थिए । तिमध्ये रिन्चेङलिङ एक हो ।’

दोस्रो पुनर्जागरण युगपछि रिन्च ज्याङवोलाई बुद्धिज्म विषयमा तिब्बतमा एकदमै मान्यता दिइएको थियो । त्यस समयपछि हाल्जीमा अवस्थित रिन्चेङलिङ सबैभन्दा पुरानो र अन्तिम विहार हो । जसको अस्तित्व हालसम्म पनि रहेको छ । रिन्चेङलिङबाहेक अन्य विहार सन् १९५९ मा तिव्वतबाट सुरु भएको सांस्कृतिक आन्दोलनको समयमा ध्वस्त भइसकेका थिए । यस विहारले यहाँको समुदायलाई नटुक्राउने कोसिस गर्दै आएको छ ।

यदि अति पिछडिएको हाल्जी गाउँ मानवविहिन बनेमा रिन्चेङलिङ विहारको रेखदेख गर्न कोहि पनि बच्ने छैनन् । साथै यो विहार पनि लोप हुँदै जाने पछिल्लो समय गरिएको अध्ययनले देखाएको छ । यस अद्भुत विहारको महत्वपूर्ण चित्र तथा आकर्षण रिन्च ज्याङवोको पालामा बनेका मूर्तिहरूले थामेको दाबी छ ।

उक्त स्थानमा महत्वपुर्ण हस्तकला र अन्य विभिन्न कुराहरू लुकाएर राखिएका छन् । तर पर्यटकका लागि खुला गरिएका ति महत्वपूर्ण कुराहरू चोरी तथा पैठारी हुने खतरा समेत बढ्दै गएको स्थानीय खिनराफ लामाले बताए ।

योसँगै हिमालय क्षेत्रमा तीव्र रूपमा भइरहेको जलवायु परिवर्तनले यस गाउँ र विहार समेतको अस्तित्व जोखिममा पारेको छ । जसले गर्दा पछिल्लो समय यस क्षेत्रमा हिउँ पग्लेर बाढि आउने तथा तालहरु विस्फोट हुने खतरा बढ्दै गएको तथ्य समेत फेला परेको छ । हाल्जी ठूला–ठूला हिमतालको मुखैमा रहेको छ । जुन गाउँभन्दा करिब ६ किलोमिटरको दुरीमा पर्दछ ।

बढ्दो जलवायु परिवर्तनको कारण सन् २००४ देखि २०११ सम्ममा ६ वटा हिमताल फुटिसकेका छन् । तिमध्ये २०११ मा भएको हिमताल विस्फोट सबैभन्दा खतरनाक थियो । यसले गाउँ नजिकैको खेती बाली नास गर्नुका साथै अन्य भौगोलिक क्षेत्रमा समेत क्षति पु¥याएको थियो ।

उक्त विहार अघिल्लो पटकको बाढिले क्षति गरेको भाग भन्दा ३० मिटर मात्र टाढा छ । जहाँ भासिएका घरहरु र क्षतिग्रस्त घरका भित्ताहरु मात्र छन्.अहिले पनि । यदि समयमा नै यसको पुर्नस्थापना गरिएन भने बढ्दो तापक्रमले त्यहाँ झनै विस्फोट हुने ठुलो खतरा देखिएको छ ।
‘मौसम परिवर्तनले हिमताल तथा हिउँका ढिस्का फुट्ने क्रम बढिरहेको छ । जसले यस क्षेत्रमा ठुलो क्षति पु¥याएई भविष्यमा सुख्खापन निम्त्याउन सक्छ ।’ लिमी उपत्यकाका अध्ययनकर्ता तथा चेक रिपव्लिक युनिभर्सिटिमा वातावरण विज्ञानमा अध्ययनरत जान क्रोप्याकले भने ।

सन् २०११ मा सार्वजनिक गरिएको ग्ल्यासियल लेक आउटव्रस्ट फ्लोड (ग्लोफ) ले नेपालमा हालसम्म जम्मा १,४६६ हिमताल रहेको र तिमध्ये २१ वटा अति जोखिममा रहेको तथ्य सार्वजनिक गरेको थियो । यस्तै नेपाल सरकारले सन् २०१६ मा ५ मिलीयन क्युविक मिटरभन्दा माथिको पानिको बहाब र यसको जोखिममा रहेका सगरमाथा नजिकै इम्जा त्योसो गाउँका करिव १२ हजार भन्दा बढि व्यक्तिको उद्धार गर्ने प्रयास गरेको थियो ।

जुन प्रयास मानविय हस्तक्षेपका कारण सफल हुन सकेन र प्राकृतिक प्रकोपको जोखिम इम्जा त्योसो र लिमि उपत्यकाको हाल्जी गाउँ लगायत उच्च हिमाली क्षेत्रका भु–भागले खेप्नु परेको छ ।

अध्ययनकर्ता क्रोप्याकले अगाडि भनेका छन्, ‘सन् २०१२ देखि हिउँ पग्लिने र हिमताल फुट्ने क्रम बढिरहेको छ भने यसबाट बगेको पानीले त्यस वरपरका भागमो क्षयिकरण बढ्दै छ ।’ उनका अनुसार सन् २०१८ मा गरिएको प्रत्यक्ष भ्रमणबाट २०१३ को भन्दा बढि भू–बनोटमा परिवर्तन आउनुका साथै त्यहाँ सुख्खापन बढ्दै गएको भेटिएको छ । यद्यपि, हिमतालहरु हिउँका ढिक्का फुटेर बन्ने भएकोले भिन्दा भिन्दै आकारमा परिणत भैदिन्छन् । जसको कारण हिमताल कहिले र कसरी विस्फोट हुन्छ भन्ने कुरा यकिनका साथ सकिदैन ।

सन् २०११ मा हिमताल फुटेर आएको बाढीलाई मध्यनजर गर्दै स्थानिय सरकार र गैरसरकारी संस्था मिलेर यस्ता नदी क्षेत्रका जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन तारका जाली र ढुंगाले बाध बाधेका थिए ।

पछिल्लो रिङपोक्षे विहारको संरक्षणका लागि पनि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निकायबाट बाढिबाट हुने क्षति रोक्न राहतस्वरूप आर्थिक संकलन गर्ने कार्य अघि बढाइएको छ । तथापि, बढ्दो तापक्रमले कुन वेला हिमताल विष्फोट हुन्छ भन्ने अनुमान गर्न नसक्दा यसले थप खतरा निम्त्याएको छ ।

हाल्जी, लिमि उपत्यकालगायत उच्च हिमाली भेगमा निरन्तर रूपमा निगरानी राख्नु र हिमताल फुटेर बाढी आउने कारण पत्ता लगाई यसको समस्या समाधानतर्फ ध्यान दिनु उपयुक्त हुने देखिएको छ । यो समस्या समाधान गर्न सकियो भने जोखिममा रहेका क्षेत्र जोगाउने मात्र नभई विभिन्न प्राकृतिक स्रोतको संरक्षण हुनुका साथै स्थानिय परम्परागत संस्कृतिको समेत जगेर्ना गर्न मद्दत पुग्ने देखिन्छ ।

अन्यथा परम्परागत कला संस्कृति कुनै पनि नाश हुन सक्ने खतरा बढ्दै जान्छ । त्यसको परिणाम के हुने हो भन्न सकिँदैन ।
हाल्जीमा विहारले जगाएको आध्यात्मिक आकर्षण मात्र नभई अन्य महत्वपूर्ण कुराहरू पनि जीवित छन् । जुन चाँडै नै लोप हुने खतरमा पुगेको छ ।

स्थानीय कुन्चोक दोर्जेका अनुसार छिमेकी गाउँ ज्याङ र तिलका बासिन्दा अन्यत्र बसाइँ सर्ने क्रम बढ्दो छ । तर, हाल्जीका बासिन्दाले भने विहारको कडा नियमका कारण अन्यत्र बसाइँ नसरी आफ्नो परम्परा तथा संस्कृति जोगाइराखेका छन् । त्यो पनि कहिलेसम्म भन्न सकिने अवस्था छैन ।

‘गाउँ रित्तो हुन नदिन विहारको आफ्नै खालको नीतिनियम छ । जुन स्थानीयले पालना गर्नुपर्ने हुन्छ । यदि गाउँ नै रित्तो भयो भने महत्वपूर्ण तिब्बतीयन बुद्धिज्मको जगेर्ना गर्न कोही पनि बाँकी रहने छैन ।’ उनले भने ।

धुवी्रय क्षेत्रमा अवस्थित यस्ता उच्च जोखिममा बसिरहेका वासिन्दाले डरलाग्दो अनुभव धेरै पहिलेदेखि नै भोग्दै आएका छन् । बढ्दो तापक्रम र यसले पु¥याउने क्षतिका कारण स्थानीयहरूलाई झनै भयभित बनाएको छ भने हिमालय क्षेत्रका महत्वपूर्ण स्रोतहरू लोप हुने खतरा बढ्दै गएको छ ।

यस्ता आर्कषक क्षेत्रमा प्राकृतिक विनाशको हस्तक्षेप बढ्दै जाँदा सम्बन्धित निकायले किन यसतर्फ चासो दिन सकिरहेको छैन भन्ने विषयमा प्रश्न जोड तोडले उब्जिन थालेको छ । छ । (अल्जजिराबाट)