Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल प्रवासी तामाङ समाज कतारद्वारा आयोजित २८५५ सोनाम ल्होछारलाई भब्य तथा सभ्य रुपमा सफल बनाउन नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार आज बेलुका नेपाली समय अनुसार ११:०० बजे दोहा प्रस्थान गर्ने भएका छन ।

सन २००५ मा स्थापित नेपाल प्रबासी तामाङ समाज कतारले आफ्नो भाषा , धर्म सस्कृती र मौलिक परम्परालाई संरक्षण सम्बर्द्धन प्रबर्द्धन गर्ने उदेश्य स्वरुप बिगत लामो समय देखि नेपालमा चरचित कलाकार हरुका प्रस्तुतिका साथ सोनाम ल्होछार बृहत रुपमा मनाउदै आएको छ। यश बर्षको सोनाम ल्होछारमा भने नेपालबाट आमन्त्रित नेपाली ताराका सेकेन्ड रनर अप तथा चर्चित गायक सुरेश लामा,अहिलेका चर्चित सेलो गायिका जितु लोप्चन,चर्चित म्हेन्दोमाया गायक चिजा लामा,चर्चित संगितकार तथा गायक आर बि लामा दोहाको लागि नेपाल बाट प्रस्थान गर्दैछन उनिहरु भोलि बिहान दोहा आइपुग्ने बताईएको छ । नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । 

यहि आउदो फेब्रुअरी ८ शुक्रबारका दिन हुन गैइरहेको बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम कतारको मिसाईद स्थित अम्वाज क्याम्प २ मा बिहान ठिक १० बजेबाट शुरु हुने आयोजक टिमले बताएको छ। कार्यक्रम स्थल सम्म पुग्न कतारका विभिन्न स्थलसम्म आवतजावत र खानाको ब्यबस्था गरिनुका साथै दोहामा रहनु हुने सम्पुर्ण नेपालिहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ ।