Spread the love
  • 353
  •  
  •  
  •  
  •  
  •  
    353
    Shares

ललितपुर–समाजसेवी प्राध्यापक डाक्टर जगदीश वैधले २० लाख बराबरको सरस्वतीको मुर्ति दान गर्नुभएको छ । गोदावरी नगरपालिका–५ लेलेमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई समाजसेबी वैधले विहिबार उक्त मुर्ति दान गर्नुभएको हो ।

वडा–५ का अध्यक्ष तथा ज्ञान कुण्ड युवा क्लबका संस्थापक अध्यक्ष श्री मिलन सिलवाल र अधिवक्ता प्रल्हाद महतको पहलमा यो सम्भब भएको विद्यालय प्रशासनले जनाएको छ । उक्त मुर्ति विद्यालयको प्राङगनमा प्रतिस्थापन गर्ने विद्यालयले जनाएको छ । यस कार्यमा सहयोगी भूमिकामा रहनेहरु प्रति विद्यालयले आभार प्रकट गरेको छ ।

जवलाखेलस्थित नेशनल मल्टिपल कलेजका अध्यक्ष समेत रहनु भएका वैध र पाटन स्वास्थ्य बिज्ञान प्रतिस्थानका उपकुलपति प्रा.डा.भारत यादवले उक्त मुर्ति संयुक्त रुपमा हस्तान्तरण भएको हो । भारतको मध्य प्रदेशमा बनेको उक्त मुर्ति ५ सय ५५ किलोको सिंगमरमरबाट बनेको ३ तीन फिट उचाईको मुर्ति रहेको जनाईएको छ ।