•  
  •  
  •  
  •  
  •  
  •  

भक्तपु । महानगरीय प्रहरी परिसर भक्तपुरले यौन व्यवसाय गरेको आरोपका चमेनागृह तथा गेस्ट हाउस सञ्चालिका सहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही माघ १९ गते सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श स्थित पार्वती भन्ने गोमा गोतामेले संचालन गरेको कस्तुरी चमेना गृह तथा गेष्ट हाउसको कोठामा यौन व्यवसाय हुने गरेको सूचनाको आधारमा छापा मारेको थियो ।

खानतलासी गर्दा उक्त गेष्ट हाउसको कोठामा अनैतिक क्रियाकलाप गरिएको अवस्थामा पाँच जनालाई फेला पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

कोठाभित्र अन्य प्रमाणहरु समेत बरामद गरी गेष्ट हाउस संचालिका नुवाकोट तादी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष ४५की गोतामेलाई पनि पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले बिहिबार अयोजित पत्रकार सम्मेलनमा बताए ।

उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।