Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । विभिन्न माग राखेर गर्दागर्दैको काम छाडेको इटालियन ठेकेदार कम्पनी सिएमसीसँग मेलम्ची खानेपानी आयोजनाले ठेक्का सम्झौता तोडेको छ । बिहिबार बसेको आयोजना बोर्डको बैठकले सिएमसीसँग सम्झौता तोडेर नयाँ विकल्पमा बाँकी काम गर्ने निर्णय गरेको हो ।

‘बोर्ड बैठकले सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गर्यो र चिठीसमेत पठाइसक्यौँ,’ आयोजना प्रमुख सुर्यराज कडेँलले भने, ‘अब नयाँ शिराबाट काम अगाडी बढाउनुपर्छ भन्ने निष्र्कषका साथ सिएमसीसँगको सम्झौता तोडेका हौँ ।’ सम्झौता तोडेपछि अब आयोजना विकल्पमा जाने निर्णय गरेको हो । के छन् त ती विकल्प ?

१. सिएमसीसँग आयोजनाको काम गरेको सहायक ठेकेदारलाई जिम्मा दिने । यो सबैभन्दा उपयुक्ता विकल्प हुने आयोजना प्रमुख सुर्यराज कडेँलले बताए । ‘विशेष परिस्थितीमा सबकन्ट्याक्टरलाई काम लगाउन सरकारले निर्णय दिन सक्छ’ उनले भने, ‘यो अवस्था सिएमसीको ठाउँमा हामी रहेर काम लगाउन सक्छौँ । समयमा काम सक्न यो नै सहि विकल्प हुन्छ ।’

२. नयाँ प्रक्रियाबाट टेन्डर खुलाएर उपयुक्त कम्पनीलाई काम सुम्पिने । यो विकल्पमा काम गर्दा एक वर्ष ढिलो हुने कडेँलले बताए ।

३. नेपाली सेनालाई जिम्मा दिने । यो विषयमा पनि छलफल चलिरहेको आयोजना प्रमुख कडेँलले बताए ।