Spread the love
  • 466
  •  
  •  
  •  
  •  
  •  
    466
    Shares

ललितपुर– शनिबार बिहानैदेखि काठमाडौं उपत्यका आसपासका डाँडामा हिमताप भएको छ । बाक्लो हिमपातकै कारण डाँडाहरु सेताम्मे छन् । जिल्लाको फुल्चोकी, दल्चोकी, राडर डाँडा र देउराली डाँडा सहितका डाँडाहरुमा समेत हिमपात भएको छ ।

फुल्चोकी डाँडा नजिकैको लेले डाँडामा पनि हिऊँ परेको स्थानीयहरु बताउँछन् । लेलेमा श्रीपञ्चमीको अबसरमा भोली आईतबार सरस्वती मेला लाग्दैछ । मेला भर्न आउने श्रद्धालु भक्त जनले लेले नल्लु डाँडामा परेको हिऊँ खेल्ने अबसर समेत पाउने छन् ।