Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । पनौती नगरपालिकाले संघीय सरकारद्वारा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाले यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित, सम्बन्धविच्छेद भएका र पति वेपत्ता भएका १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको हो । ‘संघीय सरकारले अविवाहित र सम्बन्धविच्छेद भएका महिलालाई ६० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउन योग्य मानेको छ ।

यस्तै लामो अवधिसम्म पति बेपत्ता भएका महिलाको हकमा केही व्यवस्था छैन, नगर प्रमुख भीम न्यौपानेले भन्नुभयो, हामी संघीय सरकारको मापदण्डमा नपरेका महिलालाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याएर लाभग्राही सूचीमा राख्ने भएका छौँ । यस योजनाले उनीहरुलाई लोक कल्याणकारी स्थानीय सरकारको अनुभूति हुनेछ ।’