Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नेपालको घ्याड्ड गुठी, मठ मन्दिर सम्बन्धी हालका बर्षहरूमा परम्परा र मान्यतालाई जोगाउनेगरी नीति निर्धारण नगर्नाले प्राचीनकालदेखिको सरकारी गुठी(राजगुठी) समेत भूमाफियामार्फत निजीकरण गरेर लोप गराउँदैछन् । उपभोक्ता समितिको नाममा धार्मिक परम्परागत संस्थाहरू माथि राजनैतिक हस्तक्षेप गरि प्रचलित परम्परा भनि मास्दै लग्ने गरिएको छ । त्यसले मठ–मन्दिर र घ्याड्ड गुम्बाको नियमित पाठ–पूजा र बार्षिक धार्मिक उत्सवहरूमा समेत असर पु¥याउँदै आएको देखिन्छ ।

सार्वजनिक, निजी तथा सरकारी गुठीको आम्दानी हात पार्न र गुठी जग्गा मास्नका लागि कतपिय नास्तिकहरू नै मठ–मन्दिर घ्या¨ गुम्बाका सञ्चालक समिति र विकास समितिका हर्ताकर्ता बन्ने पनि गरेको पाइन्छ । कतिपय ठाउँमा गुठी संस्थाका भ्रष्ट कर्मचारी, सरकारी निकायकै कर्मचारी र हाकिमको मिलेमतोमा गुठी जग्गाहरू करोडौंको घुस र मोलतोलमा निजीकरण गराउने अभियान नै चलाउँदै आएका छन् ।

त्यसको रोकथाम र दोषीलाई सजाय दिनेतर्फ सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान आकर्षित हुन सकेको छैन । काठमाडौं उपत्यका भित्रकै हजारौं हजार गुठी जग्गाका कित्ताहरू निजीकरण भइसकेको स्थिति छ । त्यसको छानबिन पनि हुन गइरहेको छैन ।

त्यस्तै स्वयम्भू घ्या¨ गुठी बौद्ध–मेलम्ची–घ्या¨गुठी(काठमाडौं–सिन्धुपलाञ्चोक) तौथलीमाई गुठी सिन्धुपलाञ्चोक, मेलम्ची घ्या¨ गुठी(सि.पा.) पलाञ्चोके भगवतीमाई गुठी(काभ्रे), दोलखा भीमेश्वर गुठी(चरिकोट) आलमपुर भीमेश्वर गुठी रामेछाप, जनकपुर जानकी गुठी(धनुषा)लगायत नमुना सरकारी गुठीहरू भूमाफियाको सिकार भएका छन् ।

स्वयम्भू घ्या¨ गुठी अन्तर्गतको सरकारी गुठी रसुवा जिल्ला तत्कालीन हाकु गाविसको हजारौं रोपनी जग्गा सरकारी निकाय, मालपोत कार्यालय रसुवा, गुठी संस्थानका भ्रष्ट हाकिम र स्थानीय जनप्रतिनिधि क्षेत्रीय सांसदहरू समेतको मिलेमतोमा धमाधम निजीकरण(रैकर) बनाउने अभियान नै चलाएको समाचार छ ।

वास्तवमा नेपालभित्र अहिले सनातन धर्म संस्कृति र परम्पराविरुद्ध नास्तिक तथा नेपाली पहिचानका विरोधीहरू कस्सिएर लागेका छन् । सरकार रमिते बनेको आरोप लाग्दै आएको छ । अर्कातिर बुद्ध धर्मको मान्यताविरुद्ध ‘नयाँ बुद्ध’ र ‘मैत्रीय बुद्ध’ भनि स्वघोषितरुपमा प्रसार–प्रचार गरेर बौद्ध समुदाय, नेपाली समाज र अन्तर्राष्ट्रिय जगतमा समेत ठूलो भ्रम फैलाउने गरिएको छ । तर, कथित ‘मैत्रीय बुद्ध’ वा तपस्वी भन्ने गरेका रामबहादुर बमजनको धर्म विरोधी सञ्जालको पर्दाफास पनि हुँदै आएको छ ।

अहिले प्रहरीको अपराध अनुसन्धान विशेष टोलीले उनको अवैध क्रियाकलापको गहिरो अनुसन्धान चलाउँदैछ । त्यसको वास्तविकता छिट्टै देखापर्ने अपेक्षा गरिएको छ । आश्चर्यको कुरा त बमजनका सञ्चालक मणि लामालगायतले प्रधानमन्त्री तथा नेकपा पार्टीका अर्का अध्यष पुष्पकमल दाहाललाई भेटी समृतिपत्र हातमा थमाउन भ्याएका छन् ।

अहिले त्यस्तै खालको कुरा बौद्ध घ्या¨ गुठीका प्रमुख भूपति बज्रलामा माथि पनि आइपरेको खबर छ । उनले आफ्नो रातो पासपोर्टमा ‘गुरुपद्मसम्भवको अवतारी’ भनि उल्लेख गरेर धर्म परम्पा विपरीत झुटा पदवी धारणा गरेको भनि बौद्ध संगठनहरूले विरोध जनाएका छन् । साथै उनलाई बौद्ध घ्या¨ गुठीको प्रमुखबाट बर्खास्त गर्नुपर्ने माग अघि सारेर विरोध जुलुस समेत प्रदर्शन गरेका छन् ।

भूपति बज्र ताईफोसिङ् प्रथम चिनिया लामाका सनातन हुन् । ताइफोसिङ्लाई श्री ३ जंगबहादुर राणाले चिनिया लामाको पदवीसहित सर्वप्रथम वि.सं.१९१६ मा बौद्ध स्तुप र घ्या¨ गुठीको पूजारीमा एउटा लालमोहर जारी गरेर नियुक्त गरेका थिए । त्यसअघि भुटानका कार्यकारी प्रमुख(प्रधान मन्त्री) थेपा स्रीथरले बौद्ध पूजारी नियुक्त गरेर स्वयम्भू घ्या¨ गुठीसँग सगोलमा बौद्ध घ्या¨ गुठी पनि सञ्चालन गर्ने गरेका थिए ।

उता अंग्रेज–भुटान युद्धमा थेपा स्रीथर आफ्नै कमाण्डमा ब्रिटिश सैन्यविरुद्ध आराम र कुरा विहार क्ष्ँेत्रमा लाग्दा उनी नराम्रोसँग पराजित भएपछि थिम्पुका उच्च पदाधीकारीहरू नै उनकाविरुद्ध खनिए । उनलाई भुटान पस्न नदिने र पसेमा जहाँकोतहीँ सैनिक कारवाही गर्ने(मार्ने) आदेश भएपछि थेपा स्रीथर पहिले पञ्चेन लामाको(डिगोर्चे मठ) शरणमा पर्न गएको र पछि ल्हासामा गएर तिब्बतमा आजीवन निर्वासित जीवन बिताउनु परेको थियो ।

यता श्री ३ देव शमशेर राणाकै पालामा चिनिया लामालाई बर्खास्त गरी स्वयम्भू घ्या¨ गुठीका बहिदार गुण्डा लामालाई नियुक्त गरेको भएतापनि देव शमशेरको धनकुटा निर्वासनपछि पुनः चिनिया लामालाई वि.सं. १९५४ मा लालमोहरमा पुन उल्लेख गरेर बौद्ध घ्या¨ गुठी सुम्पेको इतिहास भेटिन्छ ।

अहिले बौद्ध क्षेत्र विकास समिति र बौद्ध घ्या¨ गुठीबीच विवाद चर्किंदै आएको छ । बौद्ध क्ष्ँेत्र विकास समितिले बौद्धनाथ स्तुप र घ्या¨ गुठीमाथि अनाधिकृत हस्तक्षेप गरेको भन्ने घ्या¨ गुठीको दाबी रहेको छ । तारागाउँ विकास समितिले स्वर्गीय स्यामारपा लामालाई श्री ५ रणबहादुर शाहले जागिरको रुपमा बक्सेको महांकाल क्षेत्रको हजारौं रोपनी जग्गा हड्पेको जस्तै गरी बौ.क्षे.वि समितिले पनि बौद्धनाथ मन्दिर र घ्या¨ गुठीको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै घ्या¨ गुठीले बारम्बार उच्चपदस्थ नेता तथा अधिकारीहरूसँग गुनासो पोख्दै आएको छ ।

वर्तमान चिनिया लामा (भूपति बज्र लामा)लाई उनका विरोधीहरूले लगाउने गरेको आरोपहरू गम्भीर खालका रहेका छन् । त्यस्तै चिनिया लामा पक्षले पनि पहिलेका बौद्ध क्षेत्र विकास समितिका पदाधिकारीहरूले बौद्धनाथ स्तुपमा परम्परामा नभएको काम बौद्धनाथ स्तपुको जिर्णाेद्धार गर्न सहयोग गर्ने दाताहरूको नामावली शीलालेख स्तुपकै भित्र स्तुपको आधार भागमा टाँगेर गैरकानूनी ढंगले स्तुपलाई विकृत तुल्याएको भन्ने गरेका छन् । त्यस्तै उनका विरोधीले भने बौद्ध स्तुपमा विद्युतीय लाख बत्ती बाल्ने भन्दै स्तुपको चारैदिशाको अंगमा प्वालै प्वाल पारी प्राचीन सम्पदा मास्न खोजेको भनि पुरातत्व विभागमा उजुरी दर्ता गरेका थिए ।

तत्पश्चात प्वाल खोप्ने काम रोकिएको छ । वास्तवमा ‘तरवार बेच्ने र घिउ बेच्ने’ मा दुईथरी ठगहरू एउटै पार्टीमा बास परेको र एकले अर्कालाई बेवकुफ बनाउन खोजेको कथा जस्तै बौद्धनाथ स्तुपको किचलो सतहमा आएको छ । बौद्धनाथ स्तुप परिसरभित्र र स्तपुको कुनै संरचना थप्न घटाउन नहुने प्राचीन सम्पदा संरक्षण ऐनले नै निषेध गरेको छ । (साँघु साप्ताहिक१)