Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

लण्डन । एउटा पुरानो भनाई छ, ‘आशामा नै संसार अडेको छ ।’ यहाँकी एक महिला यसै कुरालाई मान्छिन्, त्यसैले १ सय ५ पटकसम्म ड्राइभिङ लाइसेन्सको परीक्षामा फेल भएता पनि अहिलेसम्म हरेस खाएकी छैनन् ।

गाडी चलाउने शोखिन यी महिला ड्राइभिङ लाइसेन्स नभएको कारण सडकमा गाडी चलाउन पाइरहेकी छैनन् । लाइसेन्स पाउनको लागि उनी परीक्षामा बस्छिन् तर उनी हरेकपटक फेल हुन्छिन् । तर उनले आफु पास भएरै छाड्ने संकल्प गरेकी छन् ।

उनको यो इच्छा देखेर परीक्षा लिने निकाय पनि चकित परेको छ । यो भन्दा पहिला यस्तो रेकर्ड बनाउने ब्यक्ति ८४ पटक परीक्षामा फेल भएका छन् । महिलाको नाम भने गोप्य राखिएको छ । फाइल तस्बिर