Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । विदेशी भन्ने बित्तिकै जो कोही लाग्छ, सुखमय जीवन आएका पर्यटक हुन् । उनीहरु नेपालमा प्रकृति तथा संस्कृतिसँग रमाउँदै घुमफिर गर्छन् र मनमा उमङ्ग लिएर फर्कन् ।

विभिन्न विभिन्न मुलुकबाट पर्यटकको रुपमा नेपाल छिरेकाहरु मध्ये केहीको भने दिनचर्या फरक छ । नेपालमा उनीहरु न प्राकृतिक सौन्दर्यले हराभरायुक्त ठाउँ घुम्न पाएका छन् नत संस्कृतिमा रम्न । उनीहरुको जीवन शैली अन्य पर्यटकको जस्तो छैन, भविष्य नै कहाली लाग्दो छ । उनीहरुले खुला संसार देख्नबाट समेत बञ्चित हुनुपरेको छ । आफ्नै कर्मले जेलको चिसो भुइमा खुम्चिन बाध्य भएका छन् ।

विभिन्न उदेश्य नेपाल आएका मध्ये ६९ महिलासहित १ हजार २ सय ८ जना विदेशी अहिले जेलमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यसमध्ये १ हजार ३९ जना भारतका छन् । १ सय ६९ जना अन्य मुलुकका छन् । विदेशी सबै भन्दा बढी पर्सा जेलमा छन् । पर्सामा २ सय ६ विदेशी कैदी छन् । काठमाडौँको जगननाथ देवलजेलमा १ सय ७७ जना विदेशी कैदी छन् ।

जति पर्यटकको संख्या वृद्धिसँगै विदेशी नागरिकको अपराधिक क्रियाकलाप पनि बढ्दै गएको प्रहरीको भनाइ छ ।