Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

मुम्बई । पोषण विज्ञ लुक काउन्टिन्होसँग खिचिएका केही तस्वीर सार्वजनिक भएपछि दक्षिण भारतिय अभिनेत्री अनुष्का शेट्टी इन्टरनेटमा एकाएक भाइरल भइन् ।

फोटोहरूमा उनी नयाँ लुकमा अति सुन्दरीदेखिएपछि उनका तस्वीरहरू भाइरल भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

बाहुबली फेम अभिनेत्री ती तस्वीरहरूमा सुन्दरीका साथमा स्लिमसमेत देखिएकी छन् । उनको त्यो स्लिम तथा सुन्दर लुकले इन्टरनेट प्रयोगकर्ताहरूलाई आकर्षित गरेको हो ।

तस्वीरमा सँगै देखिएका लुकले अनुष्कासँग केही विशेष गर्न लागेको भन्दै ती तस्वीरहरू आफ्नो इन्स्टा एकाउन्टबाट सार्वजनिक गरेका थिए ।