Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाण्डौ । अबको केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुनेछ । बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने उनको अनुमान छ । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको संभावना रहेको उहाँले बताए ।

अबको तीन दिन मौसम एकैछिन खुलेपनि फेरि बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिए ।