Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन ३ गते शुक्रबार नेपाल सम्बत ११३९ सिल्लाथ्व तदनुसार सन् २०१९ फेब्रुवरी १५ तारिक शुक्लपक्ष दशमी तिथि विहान ८ वजेर २३ मिनेटसम्म उप्रान्त एकादशी तिथि,मृगशिरा नक्षत्र अपरान्ह ४ वजेर ४३ मिनेटसम्म उप्रान्त आद्र्रा नक्षत्र,विष्कुम्भयोग, गरकरण,आनन्दादियोग मानस,सूर्य कुम्भ राशीमा,चन्द्रमा मिथुन राशीमा । विहान ८ वजेर २३ मिनेटसम्म योगिनी उत्तर दिशामा उप्रान्त आग्नेय दिशामा,काल राहु आग्ने र पाश वायव्य दिशामा एवं चन्द्रमा पश्चिम दिशामा रहने छन् ।

मुहूर्त
राहुकालः–अशुभ विहान १० वजेर ५४ मिनेटबाट मध्यान्ह १२ वजेर १८ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह ३ वजेर ६ मिनेटबाट ४ वजेर ३० मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ८ वजेर ७ मिनेटबाट ९ वजेर ३० मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर ५७ मिनेबाट ९ वजेर ४२ मिनेटसम्म र मध्यान्ह १२ वजेर ४० मिनेटबाट अपरान्ह १ वजेर २५ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५६ मिनेटबाट मध्यान्ह १२ वजेर ४० मिनेटसम्म रहनेछ ।

दिनबार बेला
सूर्योदयबाट प्रातः ८ वजेर ७ मिनेटसम्म चर वेला,८ वजेर ७ मिनेटबाट ९ वजेर ३१ मिनेटसम्म लाभ वेला,९ वजेर ३१ मिनेटबाट १० वजेर ५५ मिनेटसम्म अमृत वेला,१० वजेर ५५ मिनेटबाट १२ वजेर १९ मिनेटसम्म काल वेला,१२ वजेर १९ मिनेटबाट १ वजेर ४२ मिनेटसम्म शुभ वेला,१ वजेर ४२ मिनेटबाट ३ वजेर ६ मिनेटसम्म रोग वेला,३ वजेर ६ मिनेटबाट ४ वजेर ३० मिनेटसम्म उद्वेग वेला र ४ वजेर ३० मिनेटबाट सूर्यास्तसम्म चर वेला रहनेछ ।

रात्रीबार बेला
सूर्यास्तबाट ७ वजेर ३१ मिनेटसम्म रोग वेला,७ वजेर ३१ मिनेटबाट ९ बजेर ७ मिनेटसम्म काल वेला,९ वजेर ७ मिनेटबाट १० वजेर ४३ मिनेटसम्म लाभ वेला,१० वजेर ४३ मिनेटबाट १२ वजेर १९ मिनेटसम्म उद्वेग वेला,१२ वजेर १९ मिनेटबाट १ वजेर ५६ मिनेटसम्म शुभ वेला,१ वजेर ५६ मिनेटबाट ३ वजेर ३२ मिनेटसम्म अमृत वेला,३ वजेर ३२ मिनेटबाट ५ वजेर ८ मिनेटसम्म चर र ५ वजेर ८ मिनेटबाट सूर्योदयसम्म रोग वेला रहनेछ ।

मेषः– अनावस्यक खर्चमा कमि आउनेछ । आफ्नै बाहुबलमा समस्याको समाधान खोज्नु पर्नेछ । उत्पादनशिल कार्य, सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ तर मिल्न गाह्रो छ ।

वृषः– आन्तरिक कुरा कसैलाई नभन्नु होला । लेनदेन कारोवारमा चनाखो हुनुहोला । नजिकका व्यक्तिबाट नै पराईको व्यवहार हुनसक्छ,चिनेर व्यवहार गर्नु होला । कामलाई हल्का रुपमा लिदा अवसर गुम्नेछ । प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन थोरै हुनेछ । आस्था र विश्वास घट्न सक्छ । पारिवारिक खर्च बढ्नेछ ।

मिथुनः– गतिरोध हट्नेछ । ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा उपलब्धि हात लाग्नेछ । आर्थिक कारोवारले थोरै टाउको दुखाउनेछ । उत्सवादिमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या केहि कम हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

कर्कटः–उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचारको शिकार हुने सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या आरोप लाग्न सक्छ । पारिवारिक समस्या बढ्ने छन् । आलस्यता बढ्नेछ । काम गरेर जश मिल्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवाद बढ्नेछ ।

सिंहः– औषधी चिकित्सा तथा कृष औजार एवं यान्त्रिक कामबाट फाइदा बढि हुनेछ । शत्रुसँगको लडाईबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ ।

कन्याः– कार्य सम्पादनका हिसावले दिन महत्वपूर्ण रहनेछ । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा बढि दखल हुनेछ । गरेका काम सहज र सरल विधिबाट सम्पादन हुनेछन् । कामको मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।

तुलाः– मनलाई नियन्त्रणमा राख्नुहोला । रोकिएका काम शुचारु हुनेछन् । मानसिक तनावमा कमि आउनेछ । शैक्षिक तथा न्याय मार्गमा सफलता मिल्नेछ । घरका कुराले मनलाई बढि नै पिरोल्नेछ । यात्राको सम्भावना देखिन्छ । साना साना काम सफल गर्न दखल बढि नै गर्नु पर्नेछ । घरपरिवार छोडेर बाहिर जान मन लाग्नेछ ।

वृश्चिकः– काम गर्ने वातावरण विग्रिएर जाने देखिन्छ । सम्पन्नोन्मुख काम रोकिने छन् । अनावस्यक विषय बस्तुले मानसिक तनाव बढाउनेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद बढ्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घटनेछ । भाग्यमा अवरोध आउन सक्छ ।

धनुः– काममा बनावटी कुराले प्रवेश पाउन सक्छ होशियार रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आयात निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । काममा हेलचक्रयाई नगरी समयमा सम्पन्न गर्ने प्रयत्न गर्नुहोला । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मकरः– सफलता असफलता आफ्नै हातमा रहनेछ । विना संघर्ष कहि केहि हुने छैन । परिवारमा विवाद बढ्न सक्छ । अर्काको कुरा सुनेर काम नगर्नु होला क्षति धेरै हुनसक्छ । आफ्ना कुरा अरुसँग शेयर नगर्नु होला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । खेलाडीको लागि दिन बढि उपलब्धिपुर्ण रहला । परिश्रमको फल मिल्नेछ ।

कुम्भः– काम गर्दा दुविधामा परिनेछ । कृषि क्षेत्र एवं यान्त्रिक काममा लगानी नबढाउनु होला । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । अकारण धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । उपलब्धिका काममा अरुको भर धेरै नपर्नु होला । राजनीति तथा नोकरीबाट सन्तुष्टि मिल्ने छैन । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

मिनः– शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । राज्य शक्तिको दुरुपयोग गरेर कसैले तपाईलाई दुःख दिन सक्छन् होशियार रहनुहोला । आफुले गरेका कामले अरुलाई बढि फाइदा पुग्न सक्छ । शुख शान्तिमा कमि आउनेछ । आर्थिक कारोवारमा चनाखो हुनुुहोला । घरयासी खर्चमा वृद्धि हुनेछ । आलोचना बढ्न सक्छ ।

(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )