Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । महानगरपालिकाका कर्मचारीको विदेश भ्रमण बजेट चार वर्षमा साढे तीन गुणाले वृद्धि भएको छ। चार आर्थिक वर्षमा कर्मचारीहरू ६१ पटक वैदेशिक भ्रमणमा पुगे। जसमा ३९ पटक विदेश भ्रमणमा आफूखुशी जान्छन्। खर्च भने महानगरले बेहोर्छ।

आर्थिक वर्ष ०७१ ७२ मा तीन लाख ४६ हजार एक सय १० खर्च भएकोमा ०७४\७५ मा ११ लाख ९७ हजार पाँच सय आठ रुपैयाँ सकिएको छ, जुन ३.५६ गुणाले बढी हो। महानगरपालिकाबाट खर्च व्यहोर्नेगरी आर्थिक वर्ष ०७१\७२ देखि आर्थिक वर्ष ०७४\७५ सम्म कर्मचारीले विदेश भ्रमणमा ३२ लाख ५५ हजार एक सय छ रुपैयाँ खर्च गरे। महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख महेश काफ्लेका अनुसार तत्कालीन पूर्व प्रशासकीय अधिकृत रुद्रमानसिंह तामाङले नौपटक विदेश भ्रमण गरे।

वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धरले उपलब्ध गराएको सूचनाअनुसार चारपटकको खर्च महानगरले व्यहोरेको छ। उनले चारपटकमा पाँच लाख २० हजार चार सय ४८ रुपैयाँ खर्च गरे। महानगरका कर्मचारीहरू जनप्रतिनिधिसँग पनि विदेश भ्रमणमा जान्छन्।