Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सरकारले भूकम्पपीडितका लागि सुविधा थप गरेको छ । सरकारले आवास निर्माणलगायतमा भूकम्पपीडितलाई सुविधा थप गरेको हो ।

मन्त्रिपरिषद्को २१ माघमा बसेको बैठकले भूकम्पबाट प्रभावित निजी आवास पूर्ननिर्माण अनुदान वितरण कार्यविधि (दोश्रो संशोधन), २०७५ मा हेरफेर गर्दै भूकम्पपीडितहरुलाई थप राहत हुने गरी सुविधा प्रदान गर्ने निर्णय गरेको हो । यस्तो छ सरकारले थप गरेको सुविधाः

१. फरक जिल्लामा पनि आवास बनाउन पाइने
२. जग्गा नभएकालाई खरिद गर्न २ लाखसम्म अनुदान
३. जग्गा खरिद गरेकाले पनि २ लाखसम्म अनुदान
४. प्राचीन स्वरुप झल्कने घर बनाए थप ५० हजार
५. पालिकाले सिफारिस गरे एकमुष्ठ २ लाख