Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घुस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ ।

पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यँहा राखेर विभिन्न पक्षसँग मोलमोलाई गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो ।

‘उहाँका बारेमा अनेत गुनासा आएपछि हाम्रो सुरक्षाकर्मीको टोलीले केही समय निगरानी गरेको थियो, ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुले विभिन्न व्यक्तिलाई धम्क्याउने , रकम उठाउने लगायत काम गरिरहेको खुल्यो । केही कर्मचारी हाम्रो निगरानीमा छन् ।’

उक्त अखडामा तीन व्यक्तिले काम गरिरहेका थिए । तीमध्ये एक जना नापी विभाग र अर्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । तेस्रो व्यक्ति नापीका पूर्व कर्मचारी हुन् ।