Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

धनकुटा । धनकुटाको चौविसेमा बाबुबाट छोरी बलात्कृत भएको खुलासा भएको छ । धनकुटाको चौविसे गाउँपालिकामा ३६ वर्षीय बाबुबाट १६ वर्षीया छोरी बलात्कारमा परेको प्रहरीले जनाएको छ । गाउँकै विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका गर्भवती भएको शंका लागेर विद्यालयकी शिक्षिकाले कक्षा कोठामा पढाउने क्रममा सोधपुछ गर्दा खुलेको हो ।

शिक्षिकाले सोधपुछ गर्ने क्रममा बुबाले महिनौदेखि बलात्कार गर्ने गरेको जानकारी दिएको शिक्षिकाले बताइन् । अहिले छात्राको पेटमा ८ महिनाको गर्व रहेको जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य जाँचपछि खुलेको छ । घरमा श्रीमति पनि साथमै रहेकी छन् । छात्रा गर्भवती भएको विषयलाई लिएर अभिभावकलाई घरमा गएर विद्यलाय प्रशासनको तर्फबाट शिक्षिकाले जानकारी गराएका थिए । छोरी गर्भवती भएको घरका सबै परिवारले थाहा पाएपछि बिरामी परेको भन्दै अस्पताल लैजान लाग्दा बुबालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीमा समेत ती बालिकाले बाबुले नै यौनशोषण गरेको बयान दिएकी छन् ।

पीडक बावुले पनि अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्रवहादुर गुरुङले बताउनुभयो । विगत दुई वर्षदेखि डरत्रास देखाएर धम्की दिँदै पटक पटक बलात्कार गर्ने बाबुलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । पीडितलाई थप पीडा नहोस् भनेर नाम थर वतन गोप्य राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आप्mनै बाबुबाट बलात्कृत भएर गर्भ रहेकी बालिका महिला पुनस्र्थापना केन्द्रमा राखिएको पुनस्र्थापना केन्द्रका अध्यक्ष हिमाकुमारी चेम्जोङले बताउनुभयो । मानवअधिकारवादी केही संस्थाहरु भने बाबुको पक्षमा वकालत गरेका भन्दै जिल्लामा खैलाबैला मच्चिएको छ ।

यता केही मावअधिकारकर्मिहरुले पीडकलाई जिल्ला कारागार धनकुटाबाट आजीवन कैदको माग गरेका छन् । पीडकलाई हाडनाता जवर्जस्तीकरणीको कसुर अन्तर्गत म्याद थप गरी जिल्ला अदालत धनकुटामा मुद्धा दायर गरी सकिएको प्रहरीले जनाएको छ ।