• 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन ५ गते रविबार नेपाल सम्बत ११३९ सिल्लाथ्व,सन् २०१९ फेब्रुवरी १७ तारिक शुक्लपक्ष त्रयोदशी तिथि राती २ वजेर ३२ मिनेटसम्म, पुनर्वसु नक्षत्र अपरान्ह २ वजेर १२ मिनेटसम्म,आयुष्मानयोग,कौलवकरण,आनन्दादियोग ध्वज,सूर्य कुम्भ राशीमा,चन्द्रमा विहान ८ वजेर ३४ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा । काल राहु उत्तर,पाश दक्षिण दिशामा,योगिनी दक्षिणमा र चन्द्रमा विहान ८ वजेर ३४ मिनेटसम्म पश्चिम उप्रान्त उत्तर दिशामा भ्रमण गर्ने छन् ।

मुहूर्त
राहुकालः–अशुभ अपरान्ह ४ वजेर ३१ मिनेटबाट ५ वजेर ५५ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–मध्यान्ह १२ वजेर १८ मिनेटबाट अपरान्ह १ वजेर ४२ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह ३ वजेर ६ मिनेटबाट ४ वजेर ३१ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ अपरान्ह ४ वजेर २५ मिनेटबाट ५ वजेर १० मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५५ मिनेटबाट मध्यान्ह १२ वजेर ४० मिनेटसम्म रहनेछ ।

दिनबार बेला
सूर्योदयबाट प्रातः ८ वजेर ६ मिनेटसम्म उद्वेग वेला,८ वजेर ६ मिनेटबाट ९ वजेर ३० मिनेटसम्म चर वेला,९ वजेर ३० मिनेटबाट १० वजेर ५४ मिनेटसम्म लाभ वेला,१० वजेर ५४ मिनेटबाट १२ वजेर १८ मिनेटसम्म अमृत वेला,१२ वजेर १८ मिनेटबाट १ वजेर ४२ मिनेटसम्म काल वेला,१ वजेर ४२ मिनेटबाट ३ वजेर ६ मिनेटसम्म शुभ वेला,३ वजेर ६ मिनेटबाट ४ वजेर ३१ मिनेटसम्म रोग वेला र ४ वजेर ३१ मिनेटबाट सूर्यास्तसम्म उद्वेग वेला रहनेछ ।

रात्रीबार बेला
सूर्यास्तबाट ७ वजेर ३१ मिनेटसम्म शुभ वेला,७ वजेर ३१ मिनेटबाट ९ वजेर ७ मिनेटसम्म अमृत वेला,९ वजेर ७ मिनेटबाट १० वजेर ४३ मिनेटसम्म चर वेला,१० वजेर ४३ मिनेटबाट १२ वजेर १९ मिनेटसम्म रोग वेला,१२ वजेर १९ मिनेटबाट १ वजेर ५५ मिनेटसम्म काल वेला,१ वजेर ५५ मिनेटबाट ३ वजेर ३१ मिनेटसम्म लाभ वेला,३ वजेर ३१ वजेबाट ५ वजेर ६ मिनेटसम्म उद्वेग र ५ वजेर ६ मिनेटबाट सूर्योदयसम्म शुभ वेला रहनेछ ।

मेषः– विहानको समय सामान्य शुभ देखिन्छ । विलम्व गरेमा काम विग्रिने छन् उपलब्धि गुम्नेछ । मध्यान्ह पछिको समय तपाईको अनुकुल हुने छैन । काम गर्ने जोश जागर घट्नेछ । आवस्यक काममा समय र धन लगानी हुनेछ । आफन्तजनबाट असहयोग हुनेछ । व्यापारमा गिरावट आउनेछ । मनमा अशान्ति बढ्नेछ ।

वृषः– प्रातकाल भन्दा मध्यान्हकाल पछिको समय बढि अनुकुल देखिन्छ । लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ । अरुको कुरामा धेरै नसुन्नु होला । आर्थिक कारोवारमा विशेष ध्यान दिनु होला । प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

मिथुनः– पूर्वाद्धमा गरेका काम र कुराले प्राथमिकता पाउन सक्छ । उपलब्धि पनि हात लाग्नेछ । उत्तर्राद्ध थोरै कमजोर देखिन्छ । सामाजिक क्षेत्रमा हात नहाल्नु होला उल्टो अपयश मिल्नेछ । इज्जतमा दाग लाग्न सक्छ । पराक्रम घट्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो आम्दानी हुने छैन । धन दिन काम नगर्नु होला ।

कर्कटः– प्रातकालमा कुनै नयाँ काममा हात नहाल्नु होला । मध्यान्ह पछि समयमा सुधार आउनेछ । कर्म क्षेत्रबाट बाहिर नजानु होला । गरेका काम सफल हुनेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । तपाईबाट सहयोगको अपेक्षा अरुले पनि राख्ने छन् । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । अविश्वासको वातावरण भङ्ग हुनेछ ।

सिंहः– समय प्रतिकुल बन्दै छ हेलचक्र्याई गरेर कुनै काम नगर्नु् होला । विशेष गरेर मध्यान्हबाट समयले साथ दिन छोड्नेछ । सम्भाव्यताहरु हराएर जानेछन् । जोखिम मोलेर कुनै काम नगर्नु नगराउनु होला । व्यापार व्यवसायबाट आय घट्नेछ । घर परिवारमा असन्तोष बढ्नेछ । मिथ्य आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

कन्याः– अवसरको खोजीमा हुनुहुन्छ भने त्यो आज प्राप्त हुनसक्छ मेहनत थोरै बढि गर्नु होला । सामान्यतया गरेका काम हुने ग्रह गोचरमा देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । राजनीति तथा नोकरीमा कार्य भार थपिन सक्छ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । आत्म विश्वास बढ्नेछ ।

तुलाः– विहानमा गरेका काम कम सफल हुनेछन् भने मध्यान्ह पछि गरेका काम बढि सफल हुने देखिन्छ । अरुको काम गरेर जश कम पाईने छन् । काम गर्दा अरुको मुख नताक्नु होला । गोपनियता कायम राख्नुहोला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । परिश्रमको फल मिठो पाईनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ ।

वृश्चिकः– पूर्वान्ह प्रतिकुल बढि देखिन्छ । आशा गरे अनुसारको काममा सफलता मिल्ने छैन । अपरान्हकाल भने थोरै अनुकुल हुनेछ । मानसिक तनावमा कमि आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । हेलचक्रयाई नगरि काम गर्नु होला केहि उपलब्धि हात लाग्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । यात्राको योजना बन्नेछ ।

धनुः– विहानमा गरेका केहि काम बन्नेछन् भने मध्यान्ह पछिको समय प्रतिकुल हुनेछ । पढाईतिर भन्दा बाहिरी काममा बढि ध्यान जाने छ । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ । आलस्यता नै शत्रु सम्झनु होला । आर्थिक कारोवार गर्दा सावधानी अप्नाउनु होला । अहार विहारमा ध्यान दिनुहोला नत्र स्वास्थ्य कमजोर हुनेछ ।

मकरः– विवादित विषयको टुङ्गो लाग्नेछ । पारिवारिक मतभेदको अन्त्य हुनेछ । गरेका कामबाट दाम मात्र होईन प्रशंसा पनि पाईनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । विदेश यात्राको योजना तयार हुनेछ । साझेदारी काममा हात नहाल्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।

कुम्भः– दया माया गर्ने कमै हुनेछन् । द्रोह चिन्तन बढ्न सक्छ । विना विचार,विना तयारी काममा हात नहाल्नु होला घाटा हुन सक्छ । अलमलमा पर्नु भयो भने धेरै काम पछाडि धकेलिने छन् । विरोधीले काममा अवरोध खडा गर्न सक्छन् सतर्क रहनु होला । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनेछ ।

मिनः– दिन त्यति अनुकुल देखिन्न । मनमा दुविधा उत्पन्न हुनेछ । लगानी अनुसारको प्रतिफल कम मिल्नेछ । कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन । यात्रामा कठिनाई उत्पन्न हुन सक्छ । परिवारजनसँग मन मुटाव बढ्न सक्नछ । आर्थिक कारोवारमा गडबढ हुन सक्छ सतर्क रहनु होला । अरुको भरोसामा काम नगर्नु होला धोका हुनसक्छ ।
(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )