Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्न गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरिएको छ।
भुइँतलामाथि आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ ।

कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र बिरामीका आफ्न्त इमर्जेन्सी, एक्स–रे ल्याब तथा ब्लड बैैंक जाने गर्छन ।

बाटोमा शव देख्दा केटाकेटी र बिरामी तर्सिने गरेको चिकित्सकहरु बताउँछन् । यो अवस्थामा विरामीमा मानसिक र शारिरिक समस्या आउने सक्ने उनीहरु बताउँछन् ।