Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सन्धिखर्क नगरपालिका–११ अमिलेमा शुक्रबार हजुरबुबाबाट पाँच वर्षीया नातिनी बलात्कृत भएकी छन् । सन्धिखर्क ११ डिभर्ना अमिलेका ६५ वर्षीय भिमे कामीलाई पाँच वर्षीया नातिनीलाई जबर्जस्ती गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

जबर्जस्ती करणीबारे पीडित बालिकाले बताएपछि उनकी आमाले प्रहरीलाई जानकारी दिएकी थिइन् । त्यसलगत्तै तत्काल प्रहरी अधिकृतसहितको टोलीले हजुरबुबालाई पक्राउ गरेको हो ।