काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा वाइटबडी खरिदमा भएको ‘अनियमितता’ जाँचबुझ गर्न गठित आयोगको म्याद शनिबार सकिएको छ । निधारित ४५ दिनको म्याद सकिँदासम्म सरकारले आयोगका पदाधिकारीलाई औपचारिक जानकारी पत्रसमेत दिएको छैन् ।

१९ पुसको मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालतका पूर्वमख्यन्यायाधीश गोविन्द पराजुलीको अध्यक्षतामा तीन सदस्य आयोग गठन गरेको थियो । आयोगमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य थिए ।