Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सरकारले रिक्त रहेको प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीको चयनका लागि उपनिर्वाचन गराउने आन्तरिक तयारी शुरु गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दा उपनिर्वाचन गराउने प्रधानमन्त्री सकारात्मक रहेको बताए ।
निर्वाचन गराउनका लािग स्थानीय तह र निर्वाचनसँग सम्बन्धित कतिपय ऐनहरु संशोधनको प्रक्रियामा छन्। कतिपय ऐन प्रतिनिधिसभाबाट पारित भएका छन् भने राष्ट्रियसभाबाट पारित हुन बाँकी छन् ।

निर्वाचन आयोग एनेका केही दफा पनि संशोधनको प्रक्रियामा रहेको छ । अब हुने उपनिर्वाचन छिटोमा आगामी नयाँ वर्षको बैशाखको अन्त्यसम्म हुने सम्भावना छ । निर्वाचनसँग सम्बन्धित ऐनहरु संशोधन भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै उपनिर्वाचनको प्रक्रिया अगाडि बढ्छ ।