Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । संविधान जारी भएयताको साढे ३ बर्षमा मुलुकमा दर्जनौं ठूला अनियमितता भए पनि संलग्न उच्च पदस्थहरुमाथि कार्वाही हुन सकेको छैन ।

भ्रष्टाचार र अनियमितताको आरोप लागेका संबैधानिक र अन्य निकायका उच्च पदस्थहरुमाथिको छानविन उनीहरु पदबाट बाहिरिएसँगै सामसुम हुने गरेको छ । संबैधानिक पदाधिकारीहरु जोडिएका बाहेक अन्य कतिपय अनियमितताका उजुरीहरु समेत कार्वाही नभई अलपत्र परेका छन् ।

अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीले अकुत सम्पत्ति आर्जन गरेको पर्याप्त आधार फेला परे पनि उनीमाथि कार्वाही भएन ।

शैक्षिक प्रमाणपत्र र नागरिकता संशोधनको विषय विवादमा परेपछि पदमुक्त भएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको एक बर्ष विते पनि त्यसमा कार्वाही प्रक्रिया अगाडि बढेको छैन ।

त्यस्तै गत साउनमा संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका दीपकराज जोशी अझै सर्बोच्च अदालतमा बरिष्ठतम न्यायाधीशकै हैसियतमा छन् ।