Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । गर्भनिरोधक पनि हाम्रा कतिपय गाउँ–घरमा निःसन्तानबारे भ्रम फैलाउने रुढिवादी मानिस भेटिन्छन् । निःसन्तान हुनु भगवान्को श्राप हो भनेर उनीहरुले परिवारमा झन् पीडा थपिरहेका हुन्छन् । तर, निःसान्तान पूर्ण रुपमा शारीरिक समस्या हो भन्ने बुझ्न जरुरी छ । यसर्थ, यसको चेकजाँच र उपचार अनिवार्य गर्नुपछ ।

यसरी गर्न सकिन्छ उपचार
१. निःसन्तान समस्या भएकामध्ये करिब ८५ प्रतिशतको सामान्य चेकजाँच र उपचारबाट समस्या समाधान गर्न सकिन्छ । यसमा रगत, वीर्य, एक्सरे तथा प्रजनन अंग परीक्षण गरी समस्या समाधान गरिन्छ । यसका लागि आइयुआई र आइभिएफ प्रविधि अपनाएर उपचार गर्न सकिन्छ।
२. बाँकी १५ प्रतिशतमा शल्यक्रिया र टेस्ट्ट्युब प्रविधिबाट सन्तान जन्माउन सकिन्छ ।
३. यदी यसबाट पनि सम्भव नभएमा सरोगेसीमार्फत पनि सन्तान जन्माउन सकिन्छ । (सरोगेसी) सिस्टम नेपालमा अहिले अवैधानिकले नेपाली नागरिकका लागि भने सरोगेसीबाट सन्तान जन्माउन पाउने अधिकार छ । यद्यपि, यो हालसम्म लागू भएको छैन् ।
४. निःसन्तान दम्पतीले चेकजाँच गर्न जाने समय महिनावारी भएको ७ दिन देखि १० दिनभित्र हो । यो अवधिमा चेकजाँच गर्दा कम समय लाग्ने हुँदा सजिलो हुन्छ ।