Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । काभ्रेकी मैना सुनुवारको हत्या भएको १५ वर्ष बितिसक्दा पनि पीडित परिवारले न्यायको प्रयाभूति गर्न पाएका छैनन् । चर्चामा रहेको काभ्रेका मैना सुनुवार, रिना रसाइलीको हत्याको १५ वर्ष वितिसक्दा पनि सरकारको उदासिनताका कारण न्यायको अनुभुति गर्न नपाएको पीडित परिवारको भनाइ छ ।

मैना सुनुवार ,रिना रसाइलीको १५ औ स्मृति दिवशको अवसरमा राजधानीमा एक कार्यक्रम गर्दै न्यायको अनुभुति गर्न नपाएको बताएका ह्ुन् । राज्यको हेलचक्र्याइका कारण न्याय मर्न लागेको मैना बाल विकास समितिकी अध्यक्ष देवी सुनुवारले बताइन् । अदालतले घटनामा संलग्नलाई सजायको आदेश दिइसकेको अबस्थामा पनि नेपाली सेनाले जिल्ला अदालतको फैसला खारेज गरिपाउँ भन्दै रिट दर्ता गरेकोप्रति पीडित परिवारले असन्तुष्टि जनाएको छ ।

काभ्रे जिल्ला अदालतले २०७४ बैशाखमा जिल्ला अदालत मैना सुनुवार हत्या प्रकरणमा नेपाली सेनाका तीन अधिकारीहरूलाई जन्मकैदको फैसला सुनाएको थियो । तर हालसम्म पनि तीनिहरूलाई पक्राउ नगरिएको मैनाकी आमा देवी सुनुवारले बताइन् । तिनीहरूलाई पक्राउ गर्न नेपाल प्रहरीले कुनै प्रयास नगरेको उनको भनाइ छ ।

२०६० साल फागुन ५ गते वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालबाट खटिएको सेनाको टोली खरेलथोक– ६ की देवी सुनारको घरमा पुग्यो । देवीलाई घरमा नभेटेपछि सैनिक टोलीले खरेलथोकस्थित भगवती मावि कक्षा ९ मा अध्ययनरत उनकी छोरी मैना सुनुवारलाई पक्राउ ग¥यो । त्यतिबेला मैना १५ वर्षकी थिइन् ।

सो फैसला खारेज गर्न नेपाली सेनाले २३ भदौ २०७४ मा सर्बाेच्च अदालमा रिट दर्ता समेत गराएको छ । सर्वोच्चमा पेश गरिएको सो निवेदन नेपालको इतिहासमा पहिलो भएको पीडित परिवारको दावी छ । नेपाली सेना अदालत आदेशविपरीत रहेको उनीहरूको भनाइ छ ।

मैनालाई नियन्त्रणमा लिनुभन्दा ५ दिनअघि फागुन १ गते सेनाको छुट्टाछुट्टै टोलीले रिना रसाइली, शुभद्रा चौलागाई र टसी लामाको हत्या गरेको थियो । सेनाले मुठभेडमा मारिएको दावी गरेपनि मैनाकी आमा देवीले मुठभेड नभई नियन्त्रणमा लिएपछि आफ्नी भतिजी रिनाको हत्या भएको खुलासा गरेकी थिइन् । रिनालाई नियन्त्रणमा लिएपछि सैनिक अधिकारीहरूले गोठमा लगेर ‘अनैतिक व्यवहार गरेको’ र त्यसको पाँच घण्टापछि उनको मृत्यु भएको घटनाको साक्षी मैनाकी आमा देवी रहेको जनरल सैनिक अदालतकै विवरणमा उल्लेख छ ।