Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सर्लाहीकी एक महिलाले विवाह गरेको १९ वर्षपछि पतिको नामबाट नागरिकता पाएकी छन् । लालबन्दी २ जुटपानीकी ३५ वर्षीया आशाकुमारी देवीले आइतबार इलाका प्रशासन कार्यालय हरिवनबाट नागरिकता लिएकी हुन् ।

जति भन्दा पनि श्रीमान र ससुराले नागरिकता बनाइृदिन नमानेपछि मानवअधिकारवादी र पत्रकारको सहयोगमा नागरिकता पाउन सफल भएको आशाकुमारीले बताइन् । नागरिकता पाएपछि उनले जग्गा र दाईजो मागेको र माइतीले दिन नसक्दा ससुरा र पतिले विवाह गरेको लामो समय बितिसक्दा समेत नागरिकता नबनाईदिएको गुनासो सुनाइन् ।

नागरिकता पाएपछि भने उनले खुसी हुँदै भनिन, ‘छोराछोरीको नागरिकता पाउने उमेर हुँदा बल्ल आफुले नागरिकता पाईयो, अब छोराछोरीलाई समस्या नहोला ।