Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट बरुण दोभानसम्म सात किलोमिटर ट्र्याकमात्र खोलिएको छ । यो कच्ची बाटोमा हिउँदका केहि महिनामात्रै मुस्किलले गाडी कुद्छन् ।, तर गाउँपालिकाकाले भने ४० लाख ७५ हजारमा स्कोर्पियो गाडी किनेको छ । अझ ४ वटा मोटरसाइकल पनि छ ।

‘गाउँपालिकाभरी त कुरै छाडौँ, गाउँपालिका केन्द्रमा समेत गाडी जान सक्ने अवस्था छैन’, भोटखोला ३ का वाङदावी भोटेले भने, ‘तर जनप्रतिनिधिले गाउँपालिकालाई आर्थिक बोझ थोपरेर गाडी र मोटरसाइकल किनेका छन् । सडक नभएको ठाउँमा कहाँ कुदाउन गाडी किनेको हो भन्ने स्पस्ट पार्न सकेका छैनन् ।’

हिउँदका केहि महिनामात्र चल्ने सडक भएको ठाउँमा गाडी खरिद गर्न जनप्रतिनिधिले हतारो गरेको उनको भनाइ छ । गाडी र मोटरसाइकल जिल्ला सदरमुकाम खाँदबारीमै राखिएको छ । सडक नभएको ठाउँमा गाडी र मोटरसाइकल किनेको देख्दा सबै गाउँबासी नै चकित परेको भोटे बताउँछन् ।