Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउन प्रदेश मातहतमा लाइसेन्स छपाइको जिम्मेवारी दिने तयारी गरेको छ।

सवारी चालक अनुमतिपत्रको आवेदनको संख्या विगतको भन्दा पाँच गुणासम्म बढ्न थालेपछि विभागले प्रदेश स्तरमा छपाउने कार्य अघि बढाउन लागेको छ।

हाल लाइसेन्स छपाइ तथा वितरणसम्बन्धी सम्पूर्ण काम यातायात व्यवस्था विभागले गर्दै आएको छ। हालसम्म यातायात व्यवस्था विभागबाट आठ लाखभन्दा बढी लाइसेन्स छपाइ भइसकेको र चार लाखभन्दा बढी लाइसेन्स छपाइ हुन बाँकी रहेको छ।