Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो ।

करोडौँ खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर रोग नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ ।

जनशक्ति र प्रविधि अभावका कारण सो अस्पतालले आफूकहा आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौं र भरतपुर रिफर गर्दै आएको छ ।