Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले धादिङकी धमला र पोखराका पौडेललाई नियुक्त गरेको नेपाल पर्यटन बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध धमला लाङटाङ री ट्रेक एक्सिपिडिसन कम्पनीको व्यवस्थापन निर्देशक हुन् । उनले पर्यटन क्षेत्रका विभिन्न संस्थामा आबद्ध भई काम गर्दै आएकी छन्।

त्यसैगरी व्यवसायी पौडेल होटल बाराही, बाराही जङ्गल लज, सरानकोट माउन्टेन रिसोर्टको कार्यकारी निर्देशक र पोखरा अल्ट्रालाइटको अध्यक्षसमेत हुन् । पौडेलले पनि विभिन्न संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएका छन् । सञ्चालक समिति सदस्य कृष्ण अर्याल र पूर्णबहादुर कुँवरको कार्यकाल सकिएपछि उनीहरु नियुक्त भएका हुन् ।