Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । भारतबाट ल्याएको पेट्रोल र डिजलमा लेदो भेटिएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)को रक्सौल डिपोबाट ल्याएको इन्धन अशुद्ध भेटिएको हो ।

प्रायः सबै ट्याङ्करहरुमा लेदो तथा पानी भेटिएको छ । श्री आयल वीरगञ्ज, जीतपुरको गोदावरी आयल र वैदेही आयलका लागि ल्याएको डिजल विरगञ्जमा जाँच गर्दा पानी तथा लेदो भेटिएको छ ।

ना २ ख ३८४० नम्बरको ट्याङ्करमा जाँच गर्दा यस्तो भेटिएको हो । अशुद्ध इन्धन भेटिएको यो मात्र भने होइन । आइओसीबाट इन्धन लोड गरेर आउने प्रायः सबैजसो ट्याङ्करमा यस्तै भेटिएको छ ।

यसरी आफूहरु ठगिएको पाएपछि पेट्रोल पम्पका सञ्चालकहरुले जिल्ला प्रशासन कार्यालय र आयल निगमको वीरगञ्ज स्थिति कार्यालयमा गुनासो गरेका छन् ।