Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

डडेल्धुरा। शिखर नगरपालिकामा रहेको सातनाली सडक पुल सम्पन्न गरिसक्नु पर्ने अवधिमा १० प्रतिशत मात्रै निर्माण भएको छ ।

सडक कार्यालय र निर्माण कम्पनीबीच २०७१ साल असार २९ गते पुल ३ वर्षमा सक्ने सम्झौता भएको थियो । पुल निर्माणको जिम्मा पुष्प, राजेन्द्र जेभी निर्माण कम्पनीले लिएको थियो । निर्माण कम्पनीले करसहित २६ करोड २० लाख रुपैयाँमा ४ सय मिटर लम्बाइको आरसिसी पुल बनाउने संझौता गरेको थियो । पहिलो सम्झौता २०७४ साल असार २९ गते सकिएको छ तर अर्को सम्झौता भएको छैन।

पुल निर्माण हुने समयावधि समाप्त भएर पनि एकवर्ष वितिसक्दा समेत पुलका दायाँबाँया पिल्लर समेत बनेका छैनन् । पुल निमार्णको ठेक्का पाएका पुष्प÷राजेन्द्र जेभी निर्माण कम्पनीका प्रमुख भीमबहादुर साउद डडेल्धुराको पर्शुराम नगरपालिकाका नगरप्रमुख बनेका छन । निर्माणको जिम्मा लिएको कम्पनीका मुख्य व्यक्ति अर्काे नगरपालिकाकाे मेयर बनेपछि पुल निर्माण हुन नसकेको बासिन्दाको गुनासो छ ।